धनगढीमा सर्पले टोक्दा एक बालकको मृत्यु


कैलाली- कैलालीकाे धनगढीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–९ बनदेवी टोल बस्ने माया बि.कको ५ वर्षीय छोरा अरुण बिकको सर्पले टोकेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई घरमा सुतिरहेको अवस्थामा विशालु सर्पले टोकेको थियो । उपचारको लागी सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया