असोज ५ मा पत्रकार महासंघको निर्वाचन


काठमाडौँ – नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरेका छन् ।

महासंघ आफैंमा एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यससँग सरोकार राख्ने पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यास र दायित्वका कारण निर्वाचनमा केही ढिलाई हुन पुगेको पोख्रेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया