उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र परीक्षण


प्योंगयांग – उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले नेता किम जोङ उन र उनकी बहिनीले दक्षिण कोरियाको समेत संलग्नतामा सयुक्त सैन्य अभ्यास गरेकोप्रति अमेरिकाको आलोचना गरे लगत्तै उक्त क्षेप्यास्त्र परीक्षण गरिएको  सीएनएनले जनाएको छ ।

उत्तर कोरियाले गरेको क्षेप्यास्त परीक्षणको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका हुन् । राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछि उत्तर कोरियाले क्षेप्यास्त परीक्षण गरेको यो पहिलो पटक हो । राष्ट्रपति बाइडेनले उत्तर कोरियासँग सम्बन्ध सुधारका लागि वार्ता गर्ने बताइरहेका बेला पुनः क्षेप्यास्त परीक्षण भएको हो ।

अमेरिकी विदेशसचिव एन्टोनी ब्लाइन्केनले गत हप्ता उत्तर कोरियालाई आफ्ना आणविक कार्यक्रम स्थगन गर्नका लागि दवाव दिन चीनसँग छलफल गरेको समाचार सार्वजनिक भएको थियो । तर चिनियाँ अधिकारीहरुले उत्तरको क्षेप्यास्त्र परीक्षणलाई कम गर्न आणविक कार्यक्रम अनुसार नै संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेश नभएको बताएका छन् ।

पछिल्ला वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नेता किमले तीन पटक वार्ता गरेपनि सम्बन्ध सुधार हुन सकेको थिएन । त्यस लगत्तै अमेरिकासँग पछिल्लो एक वर्ष उत्तर कोरियाको कुनै संवाद नभएको बताइएको छ । दुवै देशका अधिकारीहरुबीच पछिल्लो पटक सन् २०१९ को अक्टोबरमा स्वीडेनमा भेटवार्ता भएको थियो । यता बाइडेन प्रशासनले किमसँगको वार्तामा संलग्न अधिकारीहरुसँग पनि छलफल गरिरहेको बताइएको छ । बीबीसी

प्रतिक्रिया