

हमासले बन्दी बनाएका ६ जना मृत फेला

काठमाडौं- इजरायलले हमासको नियन्त्रणमा रहेका ६ जना बन्धकलाई मृत अवस्थामा फेला पारेको छ ।
हमासले गाजामा बन्दी बनाएर राखेका उनीहरुलाई रफाह क्षेत्रस्थित भुमिगत सुरुङमा शनिबार मृत फेला पारेको इजरायली सेनाले जनाएको छ । कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सार्जेंट ओरी डानिनोको शव भेटिएको आईडिएफले बताएको छ ।
सबै शवलाई इजरायली सिमानामा फिर्ता पठाइएको आईतबार जारी गरेको आईडिएफले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सबै मृतकको परिवारलाई जानकारी गराइसकिएको छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणपछि २५१ जनालाई बन्धक बनाइएको थियो ।
६ जनालाई नै हमासले हत्या गरेको आइडिएफको विज्ञप्तिमा दाबी गरिएको छ ।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म गाजामा ४० हजार ५ सयभन्दा धेरै मानिस मारिएका छन् ।

