प्रधानमन्त्रीद्वारा कास्य पदक विजेता गोवर्धनलाई बधाई


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पाराओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालबाट गोवर्धनलाई बधाई दिएका हुन् । पेरिस पाराओलम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । पाराओलम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

प्रतिक्रिया