एकाबिहानै मनाङ केन्द्रबिन्दु भइ भूकम्प, तनहुँ र गोरखासम्म धक्का महसुस


काठमाडौंं – आज बिहान मनाङमा भूकम्प गएको छ ।

बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो ।

भूकम्पको गहिराई १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया