पलेशाले दिलाइन् नेपाललाई ऐतिहासिक कास्य पदक
काठमाडौं – पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक कांस्य पदक जितेकी छन् ।
फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनी तौलमा कांस्य जितेकी हुन् ।
कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान रचेकी छिन् ।
नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिक देखि पारा ओलम्पिकमा सहभागिता जनाउन थालेको हो ।