‘हेर्ने कथा’ : प्रकाशलाई साहूले १० लाख दिने, चुमभ्यालीबाट बिदा भए


काठमाडौँ – ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ ‘काले’ चुमभ्यालीबाट भोजपुरका लागि बाटो लागेका छन् ।

उनलाई जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर बिदाइ गरे । प्रकाशको बिदाइमा वडा नम्बर ७ छेकम्पारका अध्यक्ष टसी दोर्जे लामा, स्थानीय प्रहरी चौकी र अगुवाहरू भेला भएका थिए ।प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप १० लाख दिने भएका छन् । त्यस्तै गाउँपालिकाले १ लाख रूपैयाँ दिने बताइएको छ ।

प्रकाशलाई प्रधानमन्त्रीसँग भेटाएर भोजपुर पठाइने जनाइएको छ। प्रकाशको पारिवारिक मिलनले भावुक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको इच्छा राखेका थिए ।

दसैँमा फेरि फर्किने वाचासहित पोहोर चुमभ्याली फर्किएका प्रकाशलाई नागरिकता साथै रोजगारीको सहयोगका लागि चौतर्फी ढाडस मिलेपछि प्रकाश आजै भोजपुरतर्फ लागेका हुन् ।

प्रतिक्रिया