५ प्रहरी अधिकारीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, विपक्षीसँग लिखित जवाफ माग


काठमाडौँ – प्रहरी अधिकारीलाई उमेरहद अनुसार अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै दायर रिटमा सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले रिट निवेदक प्रहरी अधिकारीले मागे अनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो । त्यसैगरी अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ ।

दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डिआइजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरू पद अनुसारको उमेरहदका कारण उनीहरू अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी किताबखानाले उनीहरूलाई अवकाशको पत्र समेत पठाइसकेको छ ।
आफूहरूलाई पठाइएको अवकाश पत्र उमेर हदको विषय समेत ऐनमा उल्लेख गरेर कार्यान्वयन गराउनू भन्ने यसअघिको सर्वोच्चको फैसला अनुसार नभएको उनीहरूको जिकिर छ । उनीहरूले प्रहरी किताबखानाको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन् ।

प्रतिक्रिया