महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गर्दै कांग्रेस सभापति देउवा


काठमाडौं – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आज पुनः महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्दै छन् ।

केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जन गराउने विषयमा छलफल गर्न देउवाले महामन्त्रीद्वयलाई बूडानीलकण्ठ बोलाएका हुन् ।

सभापति देउवाले यसअघि मंगलबार पनि महामन्त्रीद्वयसँग छलफल गरेका थिए । तर सहमति भने जुट्न सकेको थिएन् ।

देउवाले प्रतिवेदन परिमार्जन गर्नुपर्ने अडान राखे भने महामन्त्रीद्वयले परिमार्जन गर्न नहुने आ–आफ्ना तर्क राखेका थिए ।

प्रतिक्रिया