२ महिनादेखि अन्तरिक्षमा फसेका सुनिता र बेरीलाई पृथ्वीमा ल्याइने


काठमाडौं-  दुई महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका यात्रीहरू सुनिता विलियम्स र बेरी विल्मरलाई पृथ्वीमा ल्याइने भएको छ । शनिबार नासाले  उनीहरूलाई फेब्रुअरी २०२५ सम्ममा एलन मस्कको कम्पनी स्पेसएक्सको रकेटमार्फत पृथ्वीमा ल्याइने जनाएकाे छ ।

उनीहरू गत ५ जुनमा आठ दिनको मिसनका लागि अन्तरिक्ष गएका थिए । तर, उनीहरूलाई त्यहाँ पुर्‍याउने बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा समस्या आएपछि योजना अनुसार पृथ्वीमा फर्कन सकेका थिएनन् ।

अब भने स्पेसएक्सलाई उनीहरूलाई करिब आठ महिनापछि ल्याउने भएकाे हाे  । उनीहरूलाई आईएसएस लगेको स्टारलाइनर यान भने चालकदल बिना नै पृथ्वीमा फर्किने नासाले जनाएको छ ।

प्रतिक्रिया