कल्भर्ट नजिकै मृत फेला परे रामगोपालपुरका वडाध्यक्ष यादव


जनकपुरधाम – महोत्तरीको बर्दिबास-जलेश्वर सडकखण्डमा रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेश यादव मृत फेला परेका छन् ।

सडकको कल्भर्ट नजिक आज बिहान वडाध्यक्ष यादव मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवालले जानकारी दिए । उनका अनुसार घटनास्थल नजिकै मोटरसाइकल पनि भेटिएको छ ।

घटनास्थल बर्दिबास नगरपालिका ८ मा पर्छ । वडाध्यक्ष यादवको शव भेटिएपछि अहिले बर्दिबास-जलेश्वर सडक अबरुद्ध बनेको छ ।

प्रतिक्रिया