कांग्रेस सभापति देउवा निवास अगाडी शंकास्पद वस्तु, निष्क्रिय पार्दै नेपाली सेना


कैलाली – धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु भेटिएको छ ।

धनगढी उपमहानगरपालिका-४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको हो ।

कैलाली प्रहरीका अनुसार पूरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ ।

उक्त वस्तु के हो भन्ने खुलेको छैन । शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको छ ।

 

प्रतिक्रिया