

मर्स्याङदी बस दुर्घटना : २७ शव महाराष्ट्र पठाइयो

चितवन – शुक्रबार तनहुँमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २७ यात्रुको शव भारत पठाइएको छ । मृतकमध्ये २५ वटा शव भारतीय सेनाको विशेष विमानबाट महाराष्ट्र पठाइएको हो ।
अन्य दुई शव भने स्थलमार्ग हुँदै उत्तर प्रदेशको गोरखपुर पठाइएको छ ।
दुर्घटनामा ज्यान गुमाएका यात्रुको शव लिन भारतीय सेनाको विशेष विमान शनिबार दिउँसो चितवन आएको हो ।
बसका चालक र सहचालकको शव स्थलमार्ग हुँदै परिवारले गोरखपुर लान चाहेपछि उतै पठाइएको चितवन प्रहरीले जनाएको छ ।

