विकास माग्दै बालुवाटार पुगे शंकर पोखरेल


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रतिनिधिमण्डलले विमानस्थलसहित जिल्लाको समग्र विकासबारे ध्यानाकर्षण गराएको हो । मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले विमानस्थल स्तरोन्नतिका साथै लमही (घोराही) तुलसीपुर सडक विस्तारको काममा सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

भेटमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, संघीय सांसदहरू दीपक गिरी र मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, उपमेयर स्यानी चौधरीलगायत सहभागी थिए ।

प्रतिक्रिया