आँबुखैरेनी दुर्घटनाः मृतक सबैको शव भरतपुर अस्पतालमा, आज पोष्टमार्टम गरिँदै


चितवन — आँबुखैरेनीमा शुक्रबार बिहान भएको दुर्घटनामा ज्यान गुमाएकाहरुको शव भरतपुर ल्याइएको छ ।

उक्त दुर्घटनामा ज्यान गुमाएका २६ जनाको शव आँबुखैरेनी अस्पतालबाट भरतपुर ल्याइएको हो भने एक जनाको भरतपुरमै उपचारका क्रममा मृत्यु भएको हो ।

ज्यान गुमाएका सबैको आज पोष्टमार्टम गरी भैरहवा हुँदै भारत सरकारलाई बुझाइने जनाइएको छ ।

भरतपुर अस्पताल स्रोतका अनुसार पोष्टमार्टम आज बिहानदेखि सुरु गरिने र सकेसम्म आजै पोष्टमार्टम सकाएर पठाईने जनाइएको छ ।

भारतबाट नेपाल भ्रमणका लागि आएको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस शुक्रबार बिहान पोखराबाट काठमाडौं जाने क्रममा करिब ११ बजेतिर आँबुखैरेनी ऐनापहरा नजिकैबाट मर्स्याङ्दीमा खसेको थियो ।

घटनामा २७ जनाले ज्यान गुमाएका छन् भने १६ जना घाइते भएका छन् । घटनामा चालक र सहचालकको समेत ज्यान गएको छ ।

प्रतिक्रिया