तनहुँ दुर्घटना अपडेटः १४ जनाको शव निकालियो, १६ घाइते, केही बगेको आशंका


काठमाडौं – तनहुँको आँबुखैरेनी नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको छ ।

आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खसेको हो ।

पोखराबाट काठमाडौं हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस मस्र्याङदी नदीमा बसेको थियो ।

उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिएका छन् । बसमा ४० बढी यात्रु रहेको अनुमान गरिएको छ । पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौं हिंडेका थिए ।

बसका केही यात्रुहरुलाई नदीले बगाएको आशंका गरिएको छ ।

उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ । घटनास्थलमा उद्धार कार्य जारी छ ।

प्रतिक्रिया