छानबिन समितिको कठघरमा पूर्व डिआईजी जोशी, गोरखा मिडियाका सञ्चालक जोशीसँग सहकारी ठगीबारे लिइयो बयान


काठमाडौं — सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिइरहेको छ।

समितिले जोशीलाई आज बयान लिएको हो। उनी नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डिआईजी) समेत हुन् ।

समितिले आजै पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पनि बयान लिन लागेको छ ।

गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई भने अझै फरार छन्।

उनीहरूले ग्यालेक्सी टिभी सञ्चालनका लागि विभिन्न सहकारीबाट पैसा ल्याएर अपचलन गरेको आरोप छ।

 

प्रतिक्रिया