आज स्वदेश फर्कँदै परराष्ट्रमन्त्री राणा
काठमाडौं – भारतको पाँच दिने भ्रमण पूरा गरी परराष्ट्रमन्त्री आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् ।
उनी अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ ।
भारतीय समकक्षी एस. जयशंकरको निम्तोमा उनी आइतबार भारत भ्रमणमा निस्केकी थिइन्।
परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा नेपाल भारत सम्बन्ध, बहुआयामिक विविधता र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।