

घाँसीकुवा पहिरोः अझै सुरु गरिएन पहिरो हटाउने कार्य, साना सवारी वैकल्पिक मार्ग प्रयोग गर्दै

तनहुँ — बुधबार साँझ गएको पहिरोका कारण अवरुद्ध मुग्लिङ–पोखरा सडक अहिले नै खुल्ने सम्भावना कम रहेको छ । सडक विस्तारका क्रममा खनिएका कारण तनहुँको घाँसीकुवास्थित एक डाँडो नै पहिरोमा झरेपछि बाटो पूर्ण अवरुद्ध रहेको छ ।
अहिलेसम्म उक्त पहिरो हटाउने काम पनि सुरु भने गरिएको छैन । निर्माण कम्पनीले उक्त पहिरोका कारण ब्यहोर्नुपर्ने आर्थिक क्षतिलाई मध्यनजर गर्दै इन्स्योरेन्स कम्पनीले अवलोकन गरिसकेपछि मात्र पहिरो हटाउने काम सुरु गरिने जनाइए पनि त्यसको आधिकारिता बारे पुष्टी भइसकेको छैन । तर, पहिरो हटाउन सुरु नगरिएको भने यथार्थ हो ।
पहिरोका कारण ठूला सवारी पूर्णरुपमा अवरुद्ध छन् भने साना सवारीले वैकल्पिक मार्ग प्रयोग गरेर आवतजावत गरिरहेका छन् । वैकल्पिक मार्गका रूपमा दमौली हुँदै दुईपिप्ले, देउरालि हुँदै बा मध्य पहाडीको बाटोको प्रयोग गर्न सकिने जनाइएको छ ।
पहिरो निकै ठूलो भएका कारण काम सुरु भइसकेपछि पनि दुईतर्फी खुल्नका लागि समय लाग्ने देखिएको छ ।

