सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका नकर्मी कारागार चलान


पोखरा – सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले थप एकजनालाई थुनामा पठाउने आदेश गरेको छ ।

सहकारीका सचिव अनुज नकर्मीलाई जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । अदालतको आदेशसँगै नकर्मी कारागार चलान भएका छन् ।

उनी गत भदौ २ गते काठमाडौंस्थित दक्षिणकालीबाट पक्राउ परेका थिए । पक्राउपछि उनलाई कास्की प्रहरीमा ल्याइएइको थियो । आइतबार अदालतमा उपस्थित भएपछि उनीमाथि थुनछेक बहस चलेको थियो । बहसपछि न्यायाधीशले थुनामा पठाउने आदेश गरेका हुन् ।

योसँगै सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासत ६ जना पुगेका छन् । गितेन्द्रबाबु ‘जीबी’ राईको नेतृत्वमा खुलेको पोखराको सूर्यदर्शन सहकारीबाट एक अर्ब ३५ करोड रुपैयाँ ठगी भएको उल्लेख गरिएको थियो । सरकारी वकिल कार्यालयले जिल्ला अदातलमा दर्ता गरेको मुद्दामा एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ ।

प्रतिक्रिया