


भारतको सिक्किममा सरकारी सूचना र राजपत्र नेपाली भाषामा प्रकाशन गरिने

काठमाडौं- भारतको सिक्किम राज्यले सरकारी सूचना र राजपत्र नेपाली भाषामा पनि प्रकाशन गर्ने भएको छ ।
नेपाली भाषा भारतको संविधानमा सूचीकृत गरेको उल्लेख गर्दै अनिवार्य गर्ने निर्णय गरिएको मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले जानकारी दिए ।
राज्य सरकारको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा भनिएको छ, ‘राज्य सरकारले अबउसो, सबै आधिकारिक अधिसूचनाहरु, राजपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित गर्ने निर्णय लिएको छ ।’
सन् १९९२ अगस्ट २० मा भारतको संविधानको धारा ३४४(१)ले नेपाली भाषालाई आठौँ अनुसूचीमा राखेको भारतका नेपाली भाषी नागरिकहरुले साे दिनलाई नेपाली भाषा मान्यता दिवसको रुपमा मनाउँदै गरेका छन् ।

