हैजा संक्रमितको संख्या ५८ पुग्यो


काठमाडौं-  नेपालमा हैजा सङ्क्रमितको संख्या ५८ जना पुगेको छ । विभिन्न जिल्लामा  सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित संख्या ५८ पुगेको हो ।

हैजाबाट ललितपुरमा सबैभन्दा धेरै ४१ जना बिरामी भएका छन् । पछिल्ला पाँच दिनमा काठमाडौंमा पाँचजनामा हैजा पुष्टि भएको छ । योसँगै काठमाडौंमा सातजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

हैजा सङ्क्रमित ५८ जनामध्ये ५६ जना निको भईसकेका छन् ।

प्रतिक्रिया