बुटवलमा जीप, मोटरसाइकल र स्कुटर ठोक्किँदा २७ वर्षीया सुश्मा श्रेष्ठको मृत्यु


बुटवल- बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु भएको छ।

सोमबार राति  बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको जीप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परी मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका- ११ देवीनगर बस्दै आएकी २७ वर्षीया सुश्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ ।

मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवलतर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल उपमहानगरपालिका-१२ शान्तीचोकमा नम्‍बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर लु १ च ६७८३ नम्बरको जीपमा ठोक्किएको थियो ।

सुश्माकाे अस्पताल लैजाँदै गर्दा भएको प्रहरीले जनाएको छ। जीप चालक प्रहरी नियन्त्रणमा छन् भने मोटरसाइकल चालक फरार छन् ।

प्रतिक्रिया