न्यायाधीश नहुँदा न्याय सम्पादन प्रभावित


बाजुरा – जिल्ला अदालत बाजुरा २ महिनादेखि न्यायाधीशविहीन रहेको छ । अदालतमा कार्यरत न्यायाधीश लालकाजी श्रेष्ठ बिदामा बसेपछि जिल्ला अदालत बाजुराको न्याय सम्पादन प्रभावित भएको हो ।

जिल्ला अदालत बाजुरामा १ जना न्यायाधीशको दरबन्दी रहेको छ । दरबन्दी अनुसार कार्यरत न्यायाधीश श्रेष्ठ असार पहिलो साता बिदा लिएर बेलायत भ्रमणमा गएपछि जिल्ला अदालतबाट हुने न्याय सम्पादनका कामहरू प्रभावित भएका छन् ।

दुई महिनादेखि बिदा लिएर विदेश भ्रमणमा रहेका न्यायाधीश श्रेष्ठ विदेशबाट फर्किए लगत्तै काठमाडौंबाटै काज सरुवा भएका छन् । बाजुरामा न्यायाधीश आउने कुराको टुंगो नै छैन । विभिन्न शीर्षक मुद्दाका पक्षसँग बुझ्दा फैसलाका लागि पेशीमा चढेका मुद्दा न्यायाधीश नहुँदा फैसला सर्दा समस्या भएको छ ।

प्रतिक्रिया