भारतमा संक्रमणमुक्त हुने दर विश्वकै उच्च


काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट मुक्त हुने दर भारतमा विश्वकै उच्च रहेको छ । भारतमा हालसम्म ८० लाख भन्दा बढी संक्रमित देखिएकामा ती मध्ये ७३ लाख भन्दा बढी कोरोना मुक्त भइसकेका छन् ।

भारतमा भन्दा ११ लाख बढी संक्रमित रहेको अमेरिकामा भन्दा भारतमा सक्रिय संक्रमितको संख्या २३ लाखले कम रहेको छ । यस तथ्यांकलाई मध्यनजर गर्दा भारतमा कोरोनामुक्त हुनेको संख्या विश्वकै शीर्षस्थानमा रहेको छ । भारतमा अहिलेको अवस्थामा ६ लाख मात्र सक्रिय संक्रमित रहेका छन् भने अमेरिकामा २९ लाख भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

भारतमा हालसम्म संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ४९ हजार ९ सय १२ जना नयाँ संक्रमित थपिएसँगै भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ८० लाख ३८ हजार ७ सय ५६ पुगेको हो ।

पछिल्ला दिनमा युरोपेली मुलुकलगायतका देशमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेकोमा भारतमा भने तुलनात्मक रुपमा केही कमी आएको छ । भारतमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख २० हजार ५ सय ६३ पुगेको छ ।

प्रतिक्रिया