विश्वमा बढ्दो संक्रमणः एकैदिन करिब ५ लाख संक्रमित थपिए, ७ हजार बढीको मृत्यु


काठमाडौं – विश्वमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । यसै क्रममा विश्वमा पछिल्लो २४ घन्टामा करिब ५ लाख नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा विश्वभर ४ लाख ९५ हजार ९ सय ८९ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड ४७ लाख ३३ हजार २ सय ९२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाका कारण ७ हजार ४० जनाले ज्यान गुमाएका छन् । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख ७८ हजार ४ सय ६३ पुगेको छ ।

हालसम्म विश्वमा संक्रमितमध्ये ३ करोड २६ लाख ९३ हजार ५ सय ९६ जना कोरोना मुक्त भइसकेका छन् ।

प्रतिक्रिया