सुनसरीमा टाउको छिनालिएकाे अवस्थामा शव फेला


सुनसरी- सुनसरीमा एक जनाको विभत्स हत्या भएको छ । गढी गाउँपालिका-६ घर भएका ४६ वर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका-२ स्थित थाहाटोलमा मजदुरी  गर्ने उनको आज(साेमबार) बिहान शरीर छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविन भण्डारीले जानकारी दिए । बिहान ६ बजे टाउको र शरीर छुट्टाछुट्टै बालुवामा फेला पारेकाे उनले बताए ।

घटनापछि  ज्ञानचनसँगै काम गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

 

 

प्रतिक्रिया