

बझाङमा पहिरोले घर पुर्दा ४ जना बेपत्ता, ५ को उद्धार

धनगढी — बझाङमा पहिरो जाँदा ४ जना बेपत्ता भएका छन्।
आइतबार राति बुङ्गल नगरपालिका –१० स्थित चुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएको बुङ्गल नगरपालिकाका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए ।
उनका अनुसार पहिरोमा पुरिएका ५ जनाको उद्धार गरिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।

