राष्ट्रिय सभा : नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संधोधन) विधेयक पेस


काठमाडौँ – नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संधोधन) विधेयक, २०८१’ राष्ट्रिय सभामा पेस गरिएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेको हो ।

विधेयक पेस गदैँ मन्त्री चौरसियाले कानुनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन विधेयक ल्याइएको बताए ।

“कानुनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन, अध्यापन गराउने र पाठ्यक्रम निर्धारण गर्नेलगायत उद्देश्यसहितको यो विधेयक सभासमक्ष पेस गर्दछु”, उनले भने ।

प्रतिक्रिया