वैदेशिक रोजगार विभागको महानिर्देशकमा खत्री नियुक्त


काठमाडौँ – वैदेशिक रोजगार विभागको महानिर्देशकमा सूर्य बहादुर खत्री नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार नयाँ सरुवा भई आउने सहसचिवहरूलाई जिम्मेवारी तोक्नुका साथै मन्त्रालय मातहतका सहसचिवहरूको फेरबदल गरेको हो ।

विभागमा खत्रीलाई पठाइएसँगै त्यहाँको महानिर्देशक डण्डुराज घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ । उनलाई प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाको जिम्मेवारी दिइएको छ । यसैगरी सहसचिव प्रदीप कोइरालालाई श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाको जिम्मेवारी दिइएको छ ।

सरकारले केही दिन अघि गरेका सरुवा अनुसार मन्त्रालयले जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयबाट सहसचिव त्रय मदन दाहाल, दिपक नेपाल र रामकृष्ण लामिछाने सरुवा भएसँगै उनीहरूको ठाउँमा आएका सहसचिवहरूको जिम्मेवारी दिइएको हो ।

ताहाचल कार्यालयमा सहसचिव पद एक महिना भित्र सङ्गठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) स्वीकृत भएमा सो पद नै कटौती हुने भएकोले त्यहाँ नखटाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया