रुसमा शक्तिशाली भूकम्प


काठमाडौं – रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्प गएको छ ।

आइतबार बिहान करिब सात बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्व समुद्री तटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

सो भूकम्पपछि ज्वालामुखी विष्फोट भएको छ । तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ ।

भूकम्पपछि शिवलुच क्षेत्रमा ज्वालामुखी विष्फोट भएको रुसको सरकारी सन्चार माध्यम तासले जनाएको छ । त्यसबाट निस्किएको खरानी समुद्री सतहबाट करिब आठ किलोमिटर माथिसम्म फैलिएको छ ।

 

प्रतिक्रिया