पशुपतिको कोटीहोम स्थलमा भएको घटनाको छानबिन गर्न समिति गठन
काठमाडौं- शुक्रबार राति काठमाडौंको पशुपतिस्थित कोटीहोममा भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौंंका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगानाको संयोजकत्वमा ७ सदस्यीय समिती गठन भएको हो ।
शनिबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायत सुरक्षा अधिकारी र कोटीहोम आयोजकबीच बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिलाई १५ दिनभित्र घटनाको स्थलगत अनुगमन गरि प्रतिवेदन बुझाउन निर्णय भएको छ ।
शुक्रबार मध्यराती कोटीहोम भइरहेको पशुपतिमा राति प्रहरी र कथावाचक विजय कृष्णमूर्ति भनिने विजय भण्डारीका अनुयायीबीच कुटाकुट भएको हो ।