प्रधानमन्त्री ओलीले लिए थामे बाढीबारे जानकारी


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले थामे गाउँमा आएको भीषण बाढीबारे चासो राखेका छन् ।

उनले प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डेलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका हुन् । बस्तीको बीचबाट बाढी पस्दा २० वटा घर, एक स्कुल र स्वास्थ्य चौकीमा क्षति भएको प्रजिअ पाण्डेले जानकारी गराएकी छन् ।

दिउँसो बादल लागेका हेलिकप्टर समेत जान सक्ने अवस्था नभएको प्रजिअ पाण्डेले जानकारी दिइन् । तल्लो थामेमा आएको बाढीबाट प्रभावित भएकाहरूलाई उपल्लो थामेमा भएका होटेल तथा घरमा राखिएको छ ।

फोन संवादका क्रममा प्रधानमन्त्री ओलीले भने मानवीय क्षति हुनु नदिन सतर्क रहन आग्रह गरे । उनले अगाडि भने, ‘त्यहाँ मानवीय क्षति हुन नपाओस् भन्नेमा ध्यान दिनुस् । धनमालको क्षति भइहाल्यो, सरकारले केही गरौँला ।’

मौसम खराब नभए भोलि रक्षामन्त्री सहितको टिम पठाउने उनले जानकारी दिएका छन् । अहिले सम्म कुनै मानवीय क्षति नभएको प्रजिअ पाण्डेले बताइन् । एक जना अन्दाजी ५५ वर्षीय पुरुष सम्पर्कमा नरहेको बताइएको छ ।

प्रतिक्रिया