गठ्ठाघर दुर्घटनाः मृत्यु भएका व्यक्ति पुरुष कि महिला?


काठमाडौं – बिहीबार गठ्ठाघरमा भएको दुर्घटनामा परी मृत्यु भएका व्यक्ति पुरुष रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मृतक व्यक्ति अन्दाजी ४०-४५ वर्षका पुरुष रहेका छन् ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन कार्कीले विज्ञप्तिमा भुलबस २०-२५ वर्षका पुरुष उल्लेख भएको बताए । यति मात्रै होइन यसअघि महिलाको मृत्यु भएको बताइएको छ ।

तर दुर्घटनामा परेकी भनिएकी युवती नै प्रहरीको सम्पर्कमा आएकी छिन् । अहिले पहिचान फरक परेपछि प्रहरीले पुनः सनाखतको प्रक्रिया थालेको छ ।

बिहीबार दिउँस १:४० बजे कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना६ख २१७३ नम्बरको ट्रकले बा४९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो। शव पोष्टमार्टमको लागि महाराजगस्‍थित शिक्षण अस्पताल राखिएको छ ।

प्रतिक्रिया