गठ्ठाघर दुर्घटनामा गलत सनाखत


काठमाडौं – भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु भएकी स्कुटर चालक महिलाको सनाखत नभएको प्रहरीले जनाएको छ ।

यसअघि घटनामा दोलखाको मेलुङ–४ की २३ वर्षीय सुस्मा नेपालीको मृत्यु भएको भनेर प्रहरीले बताएको थियो । तर अहिले त्यही नाम गरेकी युवती प्रहरीकहाँ आएर आफू नभएको जनाएको भक्तपुर प्रहरी प्रमुख बेद बिष्टले जानकारी दिए ।

पहिलो सनाखतको बारेमा प्रहरीसँग बुज्दा घटनास्थलमा एकजना युवक आएर महिलाको पहिरन र चप्पलका आधारमा आफ्नो बहिनी हो भनेर बताएपछि सुस्मा नेपाली भएको भनेर बताइएको उनले बताए । विष्टले भने, ‘मान्छे स्वयम् आएर आफ्नो बहिनी हो भनेपछि कसरी विश्वास नगर्ने रु त्यही कारणले हामीले पहिचान भयो भन्यौं । तर अहिले ति युवकलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ ।’ त्यस्तै, घटनास्थलबाट पुरुषको नाममा रहेको स्कुटरको ब्लुबुक भेटिएको पनि उनले बताए ।

 

प्रतिक्रिया