गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी स्कुटर चालकको पहिचान खुल्यो


काठमाडौं – भक्तपुरको गठ्ठाघर दुर्घटनाकी मृतकको पहिचान खुलेको छ । दोलखाको मेलुङ(४ की २३ वर्षीय सुस्मा नेपालीको मृत्यु भएको हो ।

काठमाडौंको बागबजार बस्दै आएकी सुस्माले चलाएको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको थियो । नेपाली ट्रकको चक्कामुनि परेकी थिइन् । स्थानीयले सुस्मालाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको दाबी गरेका छन् ।

ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा। ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले बताएको छ । दुर्घटनाको समयमा ट्राफिक प्रहरीले व्यवस्था गरेको भन्दै प्रत्यक्षदर्शीहरुले सडक अस्तव्यस्त बनाएका थिए ।

सुस्माको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

प्रतिक्रिया