परराष्ट्रमन्त्री डा. आरजु राणा भारत भ्रमणमा जाने


काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणाले आफ्नो पहिलो विदेश भारतबाट सुरुवात गर्ने भएकी छिन् ।

भर्खरै भारतका विदेशसचिव विक्रम मिश्रीले नेपालको भ्रमण गरेका थिए । विदेशसचिव मिश्रीले भारतीय विदेशमन्त्री डा। एश जयशंकरको निमन्त्रणा दिएपछि परराष्ट्रमन्त्री डा। राणा त्यसतर्फ जाने तयारीमा रहेको उच्च स्रोतको दाबी छ ।

मन्त्री राणा भदौ पहिलो साता भारत जानेगरि तयारी थालिएको छ । परराष्ट्र मन्त्रालयनिकट उच्च स्रोतले जनाएअनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकले नै मन्त्री राणाको भारत भ्रमण स्विकृत गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भने थाईल्याण्ड हुने जनाईएको छ । तर, थाईल्याण्डमा भर्खरै प्रधानमन्त्रीले राजीनामा दिनुपरेको छ । यस्तो अवस्थामा विमस्टेक सम्मेलन नै प्रभावित हुने चर्चा पनि चलिरहेको छ ।

प्रतिक्रिया