सिन्धुली दुर्घटना अपडेट: मृतकको संख्या तीन पुग्यो, ११ जना घाइते


काठमाडौं- सिन्धुलीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ ।

मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवबहादुर कटुवालले जानकारी दिए ।

गोलञ्जोरबाट सिन्धुली तर्फ जाँदै गरेको बा.२० च ८२८३ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको कटुवालले जानकारी दिए ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया