बंगलादेशका पूर्व कानुनमन्त्री र हसिनाका सल्लाहकार प्रहरी हिरासतमा
काठमाडौं – बंगलादेशका पूर्व कानुनमन्त्री अनिसुल हक र पूर्वप्रधानमन्त्री शेख हसिनाका निजी उद्योग तथा लगानी सल्लाहकार सलमान एफ रहमानलाई १० दिन प्रहरी हिरासतमा पठाइएको छ।
न्यु मार्केट क्षेत्रका एक व्यवसायीको हत्या आरोप उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । दुवैलाई बुधबार मुख्य महानगरीय मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो। त्यहाँबाट उनीहरूलाई १० दिनको प्रहरी हिरासतमा पठाउन आदेश दिइएको बीबीसीले उल्लेख गरेको छ ।
१६ जुलाईमा शाहजहान अलीकी आमा आयशा बेगमले हत्याविरुद्ध जाहेरी दिएकी थिइन्। प्रहरीले अदालतसँग १० दिनको म्याद मागेको थियो।