

टिआरसी विधेयक आजै पारित गरिने, शीर्षनेताले सम्बोधन गर्दै

काठमाडौं – बेपता छानबिन तथा सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक आजै पारित गरिने भएको छ ।
सो अघि राजनीतिक दलका शिर्ष नेताहरुले सम्बोधन गरे पछि यो विधेयक पारित गरिन लागेको हो ।
शान्ति प्रक्रिया सुरु भएको करिब १८ वर्षपछि यो विधेयक संसोधनसहित पारित हुन लागेको हो । यो विधेयक पारित भएसँगै शान्ति प्रक्रियाँ नयाँ ठाउँमा पुग्ने विश्वास राजनीतिक दलले लिएका छन् ।
पारित गर्नुपूर्व संसदमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

