

वडाध्यक्षले कर्मचारी पिटेपछि…

काठमाडाैं- आफ्नो सहकर्मी जनप्रतिनिधिबाट कुटिएको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका कर्मचारीले कार्यालयको कामकाज ठप्प पारेका छन् ।
गत सोमबार वडा नम्बर ९ का मुकेशकुमार यादवले नगरपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी सूर्य नारायण ठाकुरमाथि कार्यकक्षमै हातपात गरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।
मंगलबारबाटै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारी बुधबार पनि काममा फर्किएका छैनन् । अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेर विरोधमा उत्रिएका कर्मचारीले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग राखेका छन् । माग पूरा नभएसम्म सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

