

पहिरोका कारण अवरुद्ध दाउन्ने सडक पुनः सञ्चालनमा

नवलपरासी- पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक सञ्चालनमा आएको छ । सडकमाथि पहिरो खसेपछि केही समयका लागि यातायात सञ्चालनमा रोक लगाइए पनि अहिले पहिरो पन्छाएर एक तर्फी सडक खुला गरिएको हो ।
सडकको माथिल्लो भागबाट झरेको लेदो माटो एक्साभेटरले हटाई एक तर्फी सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
गए रातिको वर्षासँगै रूख पात सहित लेदो सडकमा खसेपछि सडक अवरुद्ध भएकाे थियो ।

