अन्तर वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न


खिजी – ओखलढुङ्गास्थित खिजीदेम्बा गाउँपालिकामा अन्तर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

डा ५ का स्थानीय युवाहरुको सक्रियतामा यहि चैत ६ र ७ गते भएको हो । स्थानीय युवा दशरथ सुनुवारको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा १४ टीमको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजयी खेलाडीलाई खिजीदेम्बा वडा ५ का वडाध्यक्ष रामकुमार सुनुवारले प्रमाणपत्र, ट्रफी र नगद वितरण गरेका थिए ।

प्रतियोगितामा समीरबाबु सुनुवार र सुजन रोकाको टीमले प्रथम स्थान हासिल गर्ने क्रममा वीरध्वज तामाङ र रोहित सुवेदीको जोडीलाई २१–१७, १०–२१ र २१–१९ ले पराजित गरे ।

विजेता टोलीले प्रमाण–पत्र, ट्रफीसहित २०,००० प्राप्त गरे । त्यस्तै द्वितीय हुने तामाङ र सुवेदीको जोडीले प्रमाण–पत्र, ट्रफीसहित नगद १५,००० मा चित्त बुझाउनु प¥यो ।

त्यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा रमेशकुमार सुनुवार र प्रलाप सुनुवारको जोडीले खेमराज सुनुवार र तोया सुनुवारको जोडीलाई पराजित गरे ।

 

प्रतिक्रिया