

शिक्षक सेवा आयोगलाई शिक्षामन्त्रीले दबाब दिएको कांग्रेसको आरोप

काठमाडौं – शिक्षा तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति सिफारिसलाई परिवर्तन गर्न समितिका अध्यक्ष तथा सदस्यलाई पटक-पटक दबाब दिएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।
कांग्रेस शिक्षा विभागका सचिव डा।कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको छनोट समितिले गरेको सिफारिसलाई नेपाल सरकारका शिक्षामन्त्रीले पटक पटक पदाधिकारी सिफारिस समितिका अध्यक्ष तथा सदस्यहरुलाई दबाब दिएकोमा नेपाली कांग्रेस शिक्षा विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।’
यसका साथै कांग्रेसले शिक्षा ऐन २०२८ र शिक्षक सेवा आयोग नियमावली २०५७ बमोजिम शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक्रियालाई निशर्त टुंगोमा पुर्याउन माग गरेको छ ।

