स्वदेश फर्किए भारतीय विदेश सचिव मिस्री


काठमाडौँ – नेपालको दुई दिने भ्रमण सकेर भारतीय विदेश सचिव विक्रम मिस्री स्वदेश फर्किएका छन् ।

आइतबार बिहान नेपाल आएका भारतीय विदेश सचिव मिस्री सोमबार साँझ स्वदेश फर्किएका हुन् ।

नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

यस्तै सोमबार भारतीय विदेश सचिव मिस्रीले सोमबार आफ्नो समकक्षी परराष्ट्र सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया