

गुल्मीमा अरिंगाल पोल्ने क्रममा लडेर एकजनाको मृत्यु

गुल्मी- गुल्मीमा अरिंगाल पोल्ने क्रममा एक जनाको मृत्यु भएको छ । आइतबार राति अरिंगाल पोल्ने क्रममा लडेर मुसिकोट नगरपालिका-५ आापचौर बस्ने ३१ वर्षीय रमेश लामिछाने मगरको मृत्यु भएको प्रहरीले बताएको छ ।
लामसछाने आँपचौरको कफी विकास केन्द्रको बगैँचा नजिकको पिपलको रुपमा रहेको अरिंगाल पोल्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए ।
उपचारका लागि पाल्पा लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।

