१९ दिनपछि प्रधानमन्त्री ओली-विप्लव भेट, सहमति कार्यान्वयन नभएकोमा विप्लवको असन्तुष्टी


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटेका छन् ।

गत फागुन २० गते सार्वजनिक भएपछि विप्लवले पहिलोपटक ओलीलाई भेटेका हुन् ।

सोमबार प्रधानमन्त्री ओलीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका विप्लवले सरकारले सहमतिअनुसार काम नगरेको भन्दै असन्तुष्टी पोखेको जनाइएको छ ।

भेटमा उनले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको बताएका थिए ।

यसअघि विप्लव समूह र सरकारबीच गत फागुन २० गते तीन बुँदे सहमति गर्दै नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

 

प्रतिक्रिया