भारतको आरजी कार मेडिकल कलेजमा अर्धनग्न अवस्थामा मृत भेटिइन् डाक्टर
काठमाडौं- भारतीय राज्य पश्चिम बंगाल सरकारद्वारा सञ्चालित आरजी कार मेडिकल कलेज तथा अस्पतालमा एक महिला डाक्टर अर्धनग्न अवस्थामा मृत फेला परेकि छिन् ।
भारतीय जनता पार्टीले महिला डाक्टरको बलात्कारपछि हत्या भएको दाबी गरेको छ । प्रहरीले पनि उक्त घटना आत्महत्या मान्न नसकिने बताएको छ । एक प्रहरी अधिकारीले यो आत्महत्या नभएको बताए । उनले महिला डाक्टरको बलात्कारपछि हत्या भएको बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार पीडितको गुप्तांगबाट रगत बगिरहेको र शरीरका अन्य भागमा चोट पाइएका छन्।
प्रतिवेदनमा अगाडि भनिएको छ, ‘पीडितको आँखा र मुखबाट रगत बगिरहेको थियो । अनुहार र नङमा चोटको निसान थियो । पीडितको गोप्य अंगबाट पनि रगत बगिरहेको थियो। उनको पेट, देब्रे खुट्टा, घाँटी, दाहिने हात, औँला र ओँठमा चोट लागेको कोलकाता प्रहरीका अर्का एक वरिष्ठ अधिकारीले बताए ।
महिला चिकित्सकको गर्धनको हड्डी पनि भाँचिएको पाइएको प्रहरी अधिकारीले बताएका छन् ।
महिला डाक्टरका बुवाले पनि गम्भीर आरोप लगाएका छन्। उनले आफ्नी छोरीलाई अस्पतालभित्रै बलात्कार र त्यसपछि हत्या गरिएको दाबी गरेका छन् ।