

कञ्चनपुरमा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु, एक घाइते

कञ्चनपुर- कञ्चनपुरमा पानीमा डुबेर दुई बालबालिकाको मृत्य भएको छ भने एक बालिका घाइते भएकी छिन्।
शुक्लाफाटा नगरपालिका–४ आसपुरीस्थित माछा पोखरीमा नुहाउने क्रममा सोही ठाउँकी १३ वर्षीया बिपना चुनाराको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।
सोही ठाउँकी १३ वर्षीया दिविका सुनारलाई घाईते अवस्थामा उद्दार गरीएको प्रहरीले जनाएको छ। उनको अहिले उपचार भइरहेको छ।
यस्तै भीमदत्त नगरपालिका–१९ बागँफाटा स्थित वडा नम्बर १९ को कार्यालय पछाडी रहेको पानीको पोखरीमा सोही ठाउँ बस्ने ५ वर्षीय सुर्जित रानाको मृत्यु भएको छ।
रानालाई डुबिरहेको अवस्थामा उनको आमाले फेला पारी उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा बुधवार चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मञ्चनपुरले जनाएको छ ।

